बिहिबार, बैशाख ६, २०८१

अस्पतालमा मौलाउँदो भ्रष्टाचार रोक्दै ‘सुलभ सेवाका लागि नयाँ समिति गठन: नगर प्रमुख प्रजापति

भक्तपुर भाद्र ७. भक्तपुर क्यान्सर अस्पतालको नवगठित व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अस्पतालमा यसअघि भ्रष्टाचार लगायतका विद्यमान यावत भ्रष्टाचार रोक्न र क्यान्सर पीडित र अन्य बिरामीलाइ सहज र सुलभ उपचारको सेवा प्रदान लक्ष्य सहित अस्पतालको व्यवस्थापन समिति भनपाले लिएको बताउँनु भएको छ ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख समेत रहेका प्रजापतिले शुक्रवार आयोजित पत्रकार सम्म्ेलनमा आर्थिक अनियमितासंगै अनेकन समस्या सिर्जनाभएसंगै यसअघिको लोकेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष र महासचिव विमलकुमार होडाको नेतृत्व रहेको व्यवस्थापन समितिविरुद्ध भक्तपुरका जनता, अस्पतालका कर्मचारी, अस्पताल व्यवस्थापन समितिका केही पदाधिकारी, भक्तपुर क्यान्सर अस्पताल सहयोग समिति, रोटरी क्लब लगायतले लिखितरुपमा अस्पताल जोगाइदिन भनेपछिनै भनपाले स्थानीय सरकारको अधिकार प्रयोग गदैं प्रस्तुत कदम चालेको बताउँनु भएको छ ।

स्मरण रहोस,  भक्तपुर क्यान्सर अस्पतालको आर्थिक अनियमिताको छानविनका लागि भनपाले समितिले वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा लेखा परीक्षक कृष्णगोविन्द लाखा र अधिवक्ता अनिता जधारी सदस्य रहने समिति गठन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।