आइतवार, मंसिर २९, २०७६
BigTop ताजा

दिवङ्गत आत्माको चिरशान्तिको कामना सहित उपत्यका लगायतका शहरमा गाइजात्रा पर्व मनाइँदै

काठमाडौं साउन ३१,  आज मृतआत्माको चिरशान्तिको कामना सहित स्वर्ग जानू भन्ने उद्देश्यले प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाका दिन मनाईने गाईजात्रा पर्व । यो पर्व आज काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाइँदैछ । यो पर्वमा विशेषत एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन ।

गाइजात्राको सम्बन्धमा प्रचलित इतिहास अनुसार तत्कालीन मल्ल राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने

जनविश्वास रहनुको अलावा त्यस वेला देखिनै यो पर्वले निरन्तरता पाएको अभिमत पाइन्छ । त्यस्तै रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाई भेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ । कतिपयले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन्  ।  गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

तर आज भोली प्रस्तुत पर्वलाइ समाजमा विद्यमान विकृति र विसङ्गति उजागरको माध्यमका रुपमा पनि मनाउँन थालिएको पाइन्छ । यस क्रममा  सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू