बिहिबार, बैशाख १३, २०८१

WHO जिएमपी कमप्लाइ नभएका कम्पनीको औषधि नेपाल बजारमा

 काठमाडौं साउन १३ , औषधि जगतमा नियमक निकाय देखि बजार सम्म हुने गरेको आर्थिक चलखेलको ज्वलन्त उदाहरण अन्र्तगत कम्पनीको जिएमपी कमप्लाइ नभएको भन्दै औषधि व्यवस्था विभागले नविकरण रोक्का गरेको भारतीय औषधि उत्पादन कम्पनीका उत्पादन निर्वादरुपमा नेपाली बजारमा भेटिने क्रमले तिव्रता पाउँन थालेका छन ।

नेपालको औषधि व्यवस्था विभाग मात्र नभएर भारतीय कम्पनी द्दारा उत्पादित औषधिको नियमन गर्ने निकाय सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एण्ड कन्ट्रोल अर्गानाइजेशनको सूचीमा समेत केहि समय अघि कालो सूचीमा परेको हिन्दुस्तान मेडिसिन प्रालिको उत्पादनको नेपालस्थित आधिकारिक एजेन्टको आयात लाइसेन्सनै नविकरण नभएको अवस्था समेत नेपालमा ति औषधि निर्वादरुपमा भेटिनु आफैमा ससंयको प्रसंग बनेको छ ।
औषधि आयातमा रोक लगाईएको कम्पनीको उत्पादन नेपाली बजारमा पठाउने क्रममा लोड अनोलोड गर्दै गरेको अवस्थामा मेटिएको समाचार स्रोतले जनाएको छ । यसअघि पनि विभागले हिन्दूस्तान औषधि कम्पनीका औषधि वरामद गरेको थियो ।  तर ती औषधि किन बरामद गरिएको हो ?  सोको जानकारी अहिलेसम्म विभागले गुपचुप राख्दै आएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।