शनिबार, कार्तिक ३०, २०७६
BigTop ताजा

यी हुन् मन्त्रिपरिषद् बैठकका २५ बुँदे निर्णयहरु

काठमाडौं असार २६ , नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारका प्रवक्ता एवम् सन्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज आयोजित पत्रकार सम्मेलनमा असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका २५ बुँदे निर्णयहरु सार्वजनिक गर्दै नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०६४ भदौ ४ गतेको निर्णयअनुसार सडक डिभिजन नेपालगञ्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपालगञ्जलाई भोगाधिकार दिएकामा उक्त सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगञ्जको नाममा कायम गर्ने निर्णय भएको जानकारी दिएका छन ।

त्यस्तै ऐतिहासिक बागदरवारको संरक्षण सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशअनुसार उक्त दरवारको वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरूपको मौलिकतालाई कायम राखी पुनर्निर्माण, पुनस्र्थापनाको विषयमा अध्ययन र विश्लेषण गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय गरिएको जानकारी दिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गरेको बताउँनु भएको छ ।

त्यस्तै सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णयको अलावा आन्दोलनकाक्रममा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बिलवापतको रकमसमेत उपलब्ध गराउने निर्णय गरिएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय बस खरिद गर्न स्वीकृति प्रदान गर्दै  जापान सरकारबाट Project for Human Resource Development Scholarship दोस्रो चरणअन्तर्गत प्राप्त हुने करिब ३८ करोड ८९ लाख रूपैयाँ (जापानी येन ३८ करोड ७० लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय  निर्णय गरिएको   जानकारी दिनु भएको छ ।

यस्तो छ म.प.को बाँकी निर्णय :

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031