शनिबार, बैशाख ८, २०८१

९ हजार १६१ कर्मचारी माग गर्दै खुलाएको विज्ञापनमा चार लाख ४१ हजारको आवेदन

१४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन संकलन

काठमाडौ असार १९,  सर्वोच्च अदालतले गत सोमबार स्थानीय तहका लागि कर्मचारी विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै  लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएसंगै स्थानीय तहमा रोजगारीका लागि आवेदन दिनेको सख्या चार लाख ४१ हजार १४१ पुगेको आयोगले जनाएको छ ।

आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै खुलाएको आवेदन दर्ताको क्रममा आवेदन दिन अन्तिम समयसम्म उल्लेखित आवेदकले आवेदन दिएको जनाउँदै आवेदनकर्तामा १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन संकलन भएको जनाएको छ।

खुला, महिला,जनजाति , मधेशी , दलित , अपाङ्ग र पिछडिएका वर्गको कोटाबाट उक्त आवेदन संकलन भएको हो स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन हुने जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।