बिहिबार, चैत्र १५, २०८०

५३ औं एशियन वडिविल्डिङ च्याम्पियनसीपमा नेपालका खेलाडीद्दय खनाल र दाहालले स्पर्धा गर्ने

  • अनुप प्रधान

काठमाडौं साउन ६ आगामी जुलाई २६ देखि २९ गतेसम्म चीनको हर्विन सिटीमा सम्पन्न हुँने हुने ५३ औं एशियन वडिविल्डिङ च्याम्पियनसीप प्रतियोगिताका लागि नेपालका दुई जना खेलाडीले स्पर्धा गर्ने भएको छ ।  नेप्लिज फेडेरेशन अफ वडिविल्डिङ एण्ड फिटनेश  (NFBF) का अनुसार प्रस्तुत च्याम्पियनसीप तथा वार्षिक कंग्रेसमा भाग लिन नेपालबाट खेलाडीद्दय रामहरि खनाल र राम बहादुर दाहालले प्रतिष्पर्धा गर्ने बताईएको छ ।

त्यस्तै टोलीमा संघका महासचिव अजय वज्राचार्य तथा पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ अफिसियल रहनु भएको जानकारी दिदै आज एक कार्यक्रमकावीच उहाँहरुलाइ सफलताको शुभकामना सहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले विदाइ गर्नु भएको हो ।

साथै वार्षिक कंग्रेसमा नेप्लिज फेडेरेशन अफ वडिविल्डिङ एण्ड फिटनेशको तर्फबाट ५४ औं एशियन वडिविल्डिङ च्याम्पियनसीप नेपालमा आयोजना गर्ने प्रस्ताव राख्ने तयारी रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।