शनिबार, बैशाख ८, २०८१

१२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्र्तगत टिमतर्फ नेपाल दोस्रो स्थानमा

नेपालको तर्फबाट १६७ सेमीमाथिको स्पर्धामा नरेश  र मल्लिकालाइ स्वर्ण

काठमाडौं साउन ५ , राजधानीमा सम्पन्न १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्र्तगत नेपालको तर्फबाट पुरुष एथलेटिक्स फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिँजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका छन ।

त्यस्तै पुरुष एथलेटिक्स फिजिकमा भारतका नकुल कौशलले रजत र मालदिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिँजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य पदक जितेका छन ।  प्रतियोगिताको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान जितेका छन भने पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्यपदक जितेका छन ।

साथै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य र ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो स्थान हात पार्न सफल भएका छन ।

प्राप्त जानकारी अनुसार जुनियर पुरुषतर्फ मालदिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य पदक प्राप्त गरेका छन भने पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र मालदिभ्सका अहमद फजिलले कांस्य पदकजित्न सफल भएको छ ।

त्यस्ैगरि च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जितेका छन भने टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात जितेका छन । प्रतियोगिताका सम्पूर्ण  विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक विशेष कार्यक्रमकावीच पुरस्कार प्रदान गनुृ भएको संघका अध्यक्ष राजेशवावु श्रेष्ठले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।