शुक्रबार, बैशाख ७, २०८१

सोमवारबाट न्यूनचापीय रेखा दक्षिणतर्फ लागेसंगै सक्रिय मनसुन शिथिल हुने

काठमाडौ असार २९,     तिव्र सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपी आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा वर्षिने र सोमवारबाट न्यूनचापीय रेखा दक्षिण तर्फ लागेसंगै अव नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले आज देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सोमवार देशैभरि सामान्य बदली रही देशको केही स्थानमा हुने वर्षाको सम्भावना रहनुको अलावा पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाको पछिल्लो रेकर्ड मापन अनुरुप आज काठमाडौ उपत्यकामा १.० मिलिमिटर वर्षा भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु