शनिबार, बैशाख ८, २०८१

सशस्त्रका चार पूर्वमहानिरीक्षकसहित २२ लाई विशेषको सफाइ

काठमाडौ असार १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका लागि सामान ढुवानी गर्दा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, शरदकुमार बस्नेत र वासुदेव ओलीसहित २२ जना विरुद्ध २०७२ माघ २४ गत दायर मुद्धाको सुनवाइ गर्दै विशेष अदालतले सवैजनालाइ प्रस्तुत भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको इजलासले आज सशस्त्रका चार पूर्वमहानिरीक्षकसहित २२ जनालाई सफाइ दिएको विशेष अदालतले जनाएको छ ।

त्यस्तै विशेष अदालतले सफाइ दिने त्रममा गरेको फैसलामा सामान ढुवानीका विषयमा लेखा परीक्षणसमेत भइसकेको र अख्यितारले अभियुक्तलाई स्वच्छ सुनुवाइको अवसर नदिएको जनाउँदै आयोगद्दारा दायर मुद्धामा प्रस्तुत दावी आधारहिन भएको उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।