शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्चको आदेशसंगै कर्मचारी भर्ना विज्ञापनले पायो वैधता

काठमाडौ असार १६,  लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन प्रकरणमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले विज्ञापनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश जारी गरेको छ ।

सर्वोच्चले प्रस्तुत आदेशसंगै आयोगको स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी निकालेको विज्ञापनले वैधता पाउँनुको अलावा कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन मार्ग प्रसस्त भएको छ ।

यसअघि आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशनदिएसंगै समितिको निर्देशन विरुद्ध सर्वोच्चमा चारओटा रिट दायर भएको थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।