बिहिबार, बैशाख १३, २०८१

सर्लाही घटना र विषादीयुक्त तरकारी प्रकरणमा जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौ असार २२, सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा सर्लाही घटना र विषादीयुक्त तरकारीलाई रोक्ने निर्णय फिर्ता लिइएको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

आज बसको प्रतिनिधी सभाको सभाको बैठक शुरु भएको सभामसखवाट घोषणा भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सांसद उठेर विरोध जनाउनुभएपछि सभामुख महराले दुवै दलका सांसदलाई बोल्ने समय दिनुभएको थियो ।

त्यसक्रममा पूर्व रक्षामन्त्री सहेका काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत बालकृष्ण खाँण  र राजपाका सांसद प्रमोद साहले सर्लाही घटना र विषादीयुक्त तरकारी आयात खुला गरिएको विषयमा सरोकारवाला विभागीय मन्त्रीले संसदमा जवाफ नदिएसम्म संदको बैठक सुचारु हुन नसक्ने बताउँदै आआफ्नो धारणा राख्नु भएको थियो ।

त्यसपछि सभामुख कृष्णबहादुर महराले आगामी बैठकमा प्रतिपक्षीदलको मागलाइ सम्बोधन गर्न रुलिङगरेसंगै सुचारुभएको भएको प्रतिनिधिसभाको बैठकमा ३ वटा विधेयक क्रमस बिरुवा संरक्षण (पहिलो संशोधन) , बीउबिजन (दोस्रो संशोधन)   र खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश भएका हुन् । प्रस्तुत भएका   विधेयकका सवालमा मङ्गलबार बस्ने बैठकमा छलफल हुने बतईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।