शुक्रबार, चैत्र १६, २०८०

सरकार विरुद्ध शक्तिशाली प्रतिरोध गर्ने विप्लवको घोषणा

काठमाडौं असार १७, राज्यद्दारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकार तीब्र दमनमा लागेको भन्दै शक्तिशाली प्रतिरोध गर्ने घोषणा गरेको छ ।

सोमबार नेकपाका प्रवक्ता प्रकाण्डको नाममा जारी विज्ञप्तिमा देशैभर ओली सरकारले राज्य आतंक मच्चाएको भन्दै पार्टीमाथिको दमन नरोको शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिदै सङ्खुवासभा जिल्लामा जनताको घरमा बसिरहेका पार्टी कार्यकर्तामाथि प्रहरीले तीब्र दमन गर्दै कारवाही शुरु गरेसंगै प्रहरी र कार्यकर्ताबिच भएको दोहोरो मुडभेडको क्रममा सरकारले दुईवटा हेलिकप्टर मार्फत पचासजना बढी प्रहरी परिचालन गरेको पछि प्रकाण्डको प्रतिक्रिया सहितको विज्ञप्ति आएको हो ।

त्यसतै शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका आफ्ना नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै नेकपाले घटनाको निन्दा र भर्त्सना गर्दै  विज्ञप्तिमा भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्का्तिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने ओली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय  रहेको  उल्लेख गर्दै   सरकारले   दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिदै विज्ञप्तिमा भनिएको छ, ‘ त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही ओली–बादल सरकार हुने उल्लेख गरिएकोछ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।