बिहिबार, बैशाख १३, २०८१

सरकारले आफ्नो संवैधानिक दायित्व निर्वाह नगरी लाचारीपन प्रदर्शन गर्दै आएको नेता महतको आरोप

काठमाडौं असार १९ ,नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले नेपालको वैदिक परम्परा, संस्कृति र हाम्रा आफ्ना मौलिक पहिचानहरुकै संरक्षण गर्न नसकेको जनाउ दिनु भएको छ । सहमहामन्त्री महतले आज राजधानीमा नेविसंघ सामुदायिक क्याम्पस समन्वय समितिद्वारा पूर्व प्रधानमन्त्री एवम नेपालीका काग्रेसका पूर्व सभापति स्व गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मदिनको अवसरमा आज राजधानीमा आयोजित ‘नेपालको मौलिक धर्म संस्कृति र पर्यटन सम्बन्ध, संभावना र चुनौती’ विषयक कार्यक्रममा वोल्दै प्रस्तुत जनाउ दिनु भएको हो ।

साथै उहाँले मुलुकको संविधानले हरेक नेपाली नागरिकले आफ्नो सनातन वैदिक धर्म, संस्कार र परम्परालाई अंगाल्न पाउनेछ र यस्ता संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको हुने उद्घोष गरेपनि सरकारले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नु भन्दा पनि लाचारीपन प्रदर्शन गर्नु दु खद भएको बताउँदै सरकारको  लाचारीपन समस्या बन्दै आएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले पशुपतिनाथ, जनकपुर , मुक्तिनाथ, लुम्बिनीलगायतका अनेकौ धार्मिक दृष्टिकोणले पवित्रस्थल मुलुकमा विद्यमान रहेकाले नेपालको धार्मिक पर्यटनको क्षेत्रमा धेरै संभावना रहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका सासंद भिमसेनदास प्रधान ,नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा जगमान गुरुंग, हिन्दू बेदबिज्ञ स्वामी चैतन्य कृष्ण कांग्रेसका नेता लोकेश ढकाल , त्रिभुवन बिश्व विद्यालयका प्राध्यापक पशुपति शर्मा ,त्रि बि बि को बौद्ध अध्ययन केन्द्रीय बिभाग़का पूर्ब प्रमुख डा मिलन शाक्य , कांग्रेसका युवा नेता बिनोद बान्तवा, बेल्जियमका काउन्सिलर प्रयटन व्यवसायी आंगछिरिंग शेर्पा , नेपाली जामे मस्जिदका अब्दुल समिम लगायत युवा तथा बिधार्थी नेता ऋषिकेशजंग शाहले प्रस्तावित विषयमा सारगर्विक धारणा अभिव्यक्त गर्दै आफ्नो पहिचान एवम धर्म , संस्कृतिको रक्षाका लागि आआफ्नो तह तप्काबाट जागरुक बन्नुपर्नेमा जोड दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।