शुक्रबार, चैत्र १६, २०८०

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार : विभाग

काठमाडौ असार २४, पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको जनाएको छ ।

विभागका निर्देशक मिरा आचार्यले जारी गर्नु भएको विज्ञप्तिमा सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको उल्लेख गर्दै सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएकाप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा यस्ता हल्लाका पछि नलाग्न सरोकारवाला सबैमा अनुरोध गर्दै मुलुकको पर्वतारोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विभागले सरोकार भएका निकायसँग समन्वय र छलफलका साथ अघि बढ्ने बताउँदै सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायत हिमाललाई जोडेर पछिल्लो समय गलत प्रचार भइरहेको भन्दै त्यस्ता हल्लाको विश्वास नगर्न अपिल गरिएको छ ।  साथै नेपालको पर्वतीय पर्यटनलाई कसरी विश्वकै व्यस्थित र सुरक्षित बनाउने भनेर यस क्षेत्रमा विद्यमान समस्याको अध्ययन गरी समस्या समाधानका लागि सुझाव पेश गर्न गठित समितिले कार्यारम्भ गरिसकिएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।