बुधबार, बैशाख १२, २०८१

संस्कार संस्कृति र परम्परालाई जीवन्त राख्नको लागि महानगर सदैव प्रतिवद्ध : प्रमुख शाक्य

महानगर भित्रका परम्परागत ६३ त्वाःखलःका मूल गुरुहरुलाई सामुहिक गुरु पुजन

  • शरण डंगोल

काठमाडौं साउन १ , गुरु पूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषको आयोजनामा मंगलवार राजधानीमा सामुहिक गुरु पुजा एवं आसन्न ज्यापु दिवस २०७६ को पालो हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको छ ।  काठमाडौं महानगरका परम्परागत ६३ त्वाःखलःका मूल गुरुहरुलाई सगुन सहित गुरु सम्मानित गुरुहरुलाई टोलका स्थानीयले फूल माला र दोसल्ला ओढाएर सम्मान गुरुपूजा गरिएको थियो । त्यस्तै सोहि कार्यक्रममा १६ औं राष्ट्रिय ज्यापु दिवस २०७६ सभ्य भव्य रुपमा सम्पन्न गर्न संयोजक गोफः माक गल्ली त्वाः खलःलाई रु लाख नगद सहित पालो हस्तान्तरण समेत गरिएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले हाम्रो संस्कार संस्कृति र परम्परालाई जीवन्त राख्नको लागि महानगर सदैव अग्रसर रहेको र रहने बचनबद्धता व्यक्त गर्दै महानगर भित्रका मूर्त अमूत सम्पदा संस्कृति छन् मेरो नभनी हाम्रो भनी अघि संरक्षणको लागि आआफ्नो तह र तप्काबाट प्रतिवद्ध हुन आवश्यक रहेको बताउँनु भएको थियो ।

त्यस्तै ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले ज्यापु संस्कृति विकास कोषको स्थापना, यसको उद्देश्य र लक्ष्यको सन्दर्भमा विस्तृत जानकारी प्रस्तुत गर्दै गुरुहरुको सम्मान गर्ने परापूर्वकाल देखिको निरन्तरतालाई यसपटक देखि संस्थागत गरेको बताए ।
कोषका सचिव धनबहादुर महर्जनको स्वागत अभिव्यक्तिबाट शुभारम्भ भएको प्रस्तुत कार्यक्रममा महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी लगायतले गुरुवर्गलाई नमन र ढोग गर्दै ज्यापु दिवस २०७६ को सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।