बिहिबार, चैत्र १५, २०८०

श्रम मन्त्रालयद्दारा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ९९ संस्थाको सूची सार्वजनिक

काठमाडौ असार २० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट गरेका छन ।  २९० स्वास्थ्य संस्थाले आफुले वैदैशिक रोजगारमा जानेको स्वास्थ्य परिक्षण गर्न सक्षम रहेको आशय सहित स्वीकृतिका लागि मन्धलायमा दिएको आवेदनको छानविन पछि मन्त्रालयले गठन गरेको विशेषज्ञ सम्मिलित टोलीले ९९ वटा स्वास्थ्य संस्था छनोट गरेको मन्त्रालयले जनाएको छ ।

यसरी छनोट भएका स्वास्थ्य संस्थामा भेनस अस्पताल  , मेट्रो अस्पताल , मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल  , रत्न पोलिक्लिनिक,  नेपालगञ्ज पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर  बाँके लगायतको रहेका जनाएको छ ।

यसअघि मलेसिया जाने कामदारको ३७ वटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य परीक्षण गर्दै आएकोमा पछिल्लो समय मलेसिया सरकारले नै पठाएको स्वास्थ्य संस्थाको मापदण्ड अनुसार मन्त्रालयले थप स्वास्थ्य परीक्षण गर्ने संस्थाको पहिचान गरेको जनाएको छ ।

सूचीका थप विवरण जान्नका लाग यहाँ क्लिक गर्नुहोस

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।