बिहिबार, बैशाख १३, २०८१

विविध कार्यक्रम सहित आज ४१औं पुष्पलाल स्मृति दिवस मनाइदै

काठमाडौ साउन ७,   दाजु गङ्गालालले पुष्पलाललाई माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् भन्दै दिनु भएको प्रेरणाको शव्दले प्रभावित हुँदै राजनीतिमा प्रवेश गर्नु भएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  पुप्पलाल श्रेष्ठ कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्नुभएको थियो ।

 रहने बताईएको छ ।

 २०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो। काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा गराउँदै ०३५ साल श्रावण ७ गते आजैका दिन निधन भएको थियो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्राप्त जानकारी अनुसार स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति पार्क चम्पादेवीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अध्यक्ष प्रचण्ड’ लगायतको उपस्थितिमा    श्रद्धाञ्जलि तथा माल्यार्पण लगायतका कार्यक्रमको आयोजना गरिएको थाहा भएको छ ।