बिहिबार, बैशाख १३, २०८१

विज्ञापनका नाममा अनर्गल प्रचारबाजी रोक्नुपर्नेमा सासंदहरुको जोड

काठमाडौ साउन ८,  पूर्व प्रम झलनाथ खनालले विज्ञापन नियमन सार्वजनिक महत्व र राष्ट्रिय चासोको विषय भएकाले यसलाई विज्ञ सरोकार भएका निकायसँग थप छलफल गरेर ऐनको रूप दिनु पर्ने बताउँनु भएको छ ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक २०७५’ बारे संसद्को विकास तथा प्रविधि समितिको मंगलवार बसेको बैठकमा वृहत छलफलको क्रममा सहभागी बन्नु भएका पूर्व प्रम खनालले प्रस्तुत धारण राख्नु भएको हो । यद्यपी बैठकमा काँग्रेस सभापति समेतको उपस्थिती रहेपनि उहाँ कार्य व्यस्तताका कारण बैठकबाट निस्कनु भएको थियो ।

त्यस्तै नेपाली सञ्चार माध्यममा प्रकाशित प्रसारित हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञापनको यथोचित नियमनकालागि भन्दै सूचना प्रविधि मन्त्रालयद्दारा प्रस्तुत विज्ञापनसम्बन्धी विधेयक मस्यौदा माथिको मगलवारको छलफको क्रममा मस्यौदा उपर आफ्नो धारणा राख्दै सासंदहरु विज्ञापनका नाममा सामाजिक सद्भाव भड्काउने, विकृति सिर्जना गर्ने तथा अनर्गल प्रचारबाजी रोक्नुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै बैठकमा सञ्चार विज्ञ तारानाथ दाहाल लगायतले प्रस्तावित विधेयकमा भएको व्यवस्था र थप गर्ने र संशोधन गर्नुपर्ने विषयको विष्लेषण गर्दै विज्ञापन बजारलाई व्यवस्थित र नियमन गर्न विज्ञापनसम्बन्धी ऐन बनाउनु आवश्यक रहेको अवस्थाकावीच पनि विज्ञापनको समानुपातिक वितरण, दण्ड, जरिवानाका सवालमा विज्ञापन नियमन गर्ने निकायलाई स्वायत्त बनाउदै यसको लागि आवश्यक व्यवस्था गरिनुपर्नेमा धारण राख्नु भएको थियो ।

त्यस्तै समितिका सभापति कल्याणी खड्काले विज्ञापन नियमनसम्बन्धी विधेयकको दफावार छलफलको क्रममा विज्ञसँग थप छलफल गरेर विधेयकलाई अन्तिम रूप दिइने बताउनुभएको प्राप्त समाचारमा उल्खेख गरिएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।