मङ्लबार, बैशाख ४, २०८१

वडाध्यक्ष रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा खत्री पक्राउ

काठमाडौ असार ३१ , काठमाडौ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्रीलाइ पक्राउ गरेको छ ।

प्रहरीका अनुसार व्यवसाय नवीकरण प्रयोजनका लागि वडाध्यक्ष रिजालको फर्जी हस्ताक्षर गरेर दर्ता शाखामा फाइल पेश गरेको भेटिएपछि प्रहरीले खत्रीलाइ पक्राउ गर्दै आवश्यक कारवाहीका लागि प्रहरीको जिम्मा लगाएको हो ।

त्यस्तै प्रहरीको अनुसन्धानपछि  खत्रीले अटो पार्ट्सका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको तर यसबारे थप जानकारी आफूलाई नभएको साविकी बयान दिएको जनाउँदै फर्जी हस्ताक्षरको सवालमा थप अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।