बुधबार, बैशाख १२, २०८१

रु ६१ करोड प्रकरण : आफुविरुद्ध नियोजित एवम् भ्रामक प्रचारबाजी भएको मन्त्री बस्नेतको प्रष्टोक्ति

काठमाडौ साउन ५ , नेपाल सरकारका पूर्व सञ्चारमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले व्यक्ति गत चरित्रहत्या गर्दै राजनीतिक पूर्वाग्रह साँध्न कपोकल्पित तथा दुराशयपूर्ण प्रचारवाजी गरिएको बताउँनु भएको छ।

केहिदिन यता पूर्वमन्त्री बस्नेतको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उहाँका नाममा रु ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत प्रकाशित भएयता उहाँले आफ्नो समाचारमा उल्लेख भएको सहकारीमा त्यस्तो कुनै स्रोत नखुलेको रकम नरहेको प्रष्टोक्ति दिदै आफु विरुद्ध नियोजित भ्रामक प्रचारबाजी भएको बताउँनु भएको छ ।

मन्त्री बस्नेतले प्रस्तुत विषयमा पत्रकार सम्मेलन आयोजना गरी पूर्वमन्त्री बस्नेतले मेरो नाममा स्रोत नखुलेको रकम छ भनी सार्वजनिक गरिएको सहकारीमा आफ्नो खाता समेत नभएको बताउँदै प्रकाशित समाचार तथ्यहीन र कपोलकल्पित भएकाले त्यसलाई विश्वास नगर्न उहाँले आग्रह गर्नुभयो ।

यसैबीच सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले पनि विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बस्नेत र उहाँको परिवारका सदस्यको सहकारीमा कुनै खाता नभएकाले स्रोत नखुलेको पैसासमेत नराखेको बताउँनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।