शुक्रबार, चैत्र १६, २०८०

राहत तथा उद्धार कार्यलाइ प्रभावकारी बनाउँन स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौ असार २८, अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तत्काल शुरु गर्दै हुन सक्ने थप जनधनको क्षतिको जोखिम कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुृख, सहसचिव केदारप्रसाद पनेरुले आज १० बुँदे परिपत्र जारी गर्दै अविरल वर्षाका कारण भइरहेको प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यक्रममा लाग्न प्रस्तुत सकुर्लर जारी गरेको हो ।  जारी सकुर्लरमा विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको शीघ्र उद्धार गरी राहत प्रदान गर्न तथा यसवीचमा फैलन सक्ने महामारी अवस्थालाई समेतलाई मध्यनजर गरी उपयुक्त तथा आवश्यक व्यवस्थापन गर्न भनेका छन ।

त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पीडितलाई खाने, बस्ने र औषधोपचार व्यवस्था पनि स्थानीय तहबाट तत्कालन मिलाउनुपर्ने, बाढीको बहाब खोल्ने लगायका कार्यमा आवश्यकअनुसार समितिसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने, खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायलाई आवश्यक सहयोग र समन्वय गर्ने लगायतका कार्य गर्न भनेको छ ।  यसैगरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्नुपर्ने, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनकामे कामलाई सबै स्थानीय तहले उच्च प्राथमिकता दिदै खोज तथा उद्धार, राहतकार्यलाइ प्रभावकारी बनाउँन भनेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।