शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिबाट राहदानी विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता

काठमाडौं असार २२,  राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक, २०७५ पुनर्विचारका लागि संसदमा फिर्ता पठाउँनु भएको जानकारी आज संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बैठकलाई आज जानकारी गराउँनु भएको छ ।

राष्ट्रपति भण्डारीको सन्देशमा राहदानी जारी गर्ने र प्रयोग गर्ने विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रस्तुत विधेयकमा पुनर्विचार हुन वाञ्छनीय भएकाले नेपालको संविधानको धारा, ११३ को उपधारा ९३० बमोजिम यो विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको उल्लेख गर्नुभएको ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।