शनिबार, बैशाख ८, २०८१

राज्यले फरक आवरणमा नयाँ नियोजित प्रहार गर्न सक्ने तर्फ सजक बन्न आवश्यक: सरोकारवाला

  • अनुप प्रधान

काठमाडौ असार २१ , शुक्रबार राजधानीको शिवपार्वती मन्दिरमा आयोजित खबरदारीसभाका सहभागी गुठी विधेयकका सरोकारवाला वक्ताहरुले मुलुकको सभ्यता संस्कृति र सम्पदामाथिको नियोजित प्रहार अन्र्तगत सरकारले ल्याएको गुठी विधेयकलाइ लाए तेजोवोध गरेपनि कुनै पनि यस्तै किसिमको अर्को प्रहार हुन सक्ने तर्फ सचेत बन्न आवश्यक रहेको बताएका छन ।

विश्वमा नेपालको परिचायक बनेको सनातन गुठी परम्परा यहाँको धर्म संस्कृति र विद्यमान यावत मुर्त तथा अर्मुत सम्पदा भएको जिकिर गर्दै यसको संरक्ष्ण्को लागि आआफ्नो तह र तप्काबाट क्रियाशिल हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले विशेष जोड दिएका थिए ।

यसवीचमा हाम्रो आन्दोलन सफल भयो भन्दै फेरि सूताउँन थाल्यौ भने राज्यले फरक आवरणमा नयाँ नियोजित प्रहार गर्न सक्ने तर्फ सचेत बन्दै बेलैमा सजक बन्न आवश्यक भएको बताउँदै विरोध सभाको आयोजना गर्दै निरन्तर खबरदारी आवश्यक रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।