शुक्रबार, बैशाख १४, २०८१

राजनेता स्व: कोइरालाको आज ९६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं आसार १८ ,   नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ९६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै छ । कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्ने तयारी गरेको छ ।

२०६२– ६३ सालको जनआन्दोलनका नायक तथा सफल राजनेता गिरिजाप्रसाद कोइरालाको विसं १९८१ असार १८ गते भएकोथियो भने ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।

नेपाली काँग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गरेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिकालाइ तमाम जनमानसले सम्झने गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।