बिहिबार, बैशाख १३, २०८१

यस्तो छ म.प.को २० बुँदे निर्णय,दुई मन्त्रालयका सचिवको जिम्मेवारी र मन्त्रालय हेरफेर

काठमाडौ साउन ९ , साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको विभिन्न २० बुँदे निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रुपमा प्रस्तावित करीब रु १३ अर्ब स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

सरकाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौँको साविकको खड्का भद्रकाली गाविस वडा नं ७ कित्ता नं ७३ हाल बूढानीलकण्ठ नगरपालिका–७ कित्ता नं २३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने

त्यस्तै उहाँले विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालयमा २१३, वन तथा वातावरण मन्त्रालयमा ५० र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७२६ जना राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको बताउँदै सरकाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौँको साविकको खड्का भद्रकाली गाविस वडा नं ७ कित्ता नं ७३ हाल बूढानीलकण्ठ नगरपालिका–७ कित्ता नं २३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनु भएको छ ।

साथै पत्रकार सम्मेलनमा प्रवक्ता वाँस्कोटाले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृहमन्त्रालयमा लेखी पठाउने निर्णय गर्नुको अलावा नारायणघाट–मुग्लिङ सडकमा पर्ने ‘इन्टरमिडियट लेन’का पुलहरुलाई ‘डबल लेन’ मा निर्माण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरीद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गरी डिजाइन तथा निर्माणसम्बन्धी काम ठेक्काबाट गर्ने गरी बोलपत्र आह्वान गर्न स्वीकृति दिइएको बताउानु भएको छ ।

त्यस्तै गरि गत ६ गतेको मप बैठकले शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।