शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ केन्द्रीय मन्त्रिपरिषद् बैठकका १५ बुँदे निर्णय

काठमाडौं असार १९,   मन्त्रिपरिषद्को असार १२ गते बसेको बैठको १५ बुँदे निर्णयहरु बिहीबार सार्वजनिक गर्दै सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०को म्याद आउँदो साउन २८ गतेसम्म थप्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले सरकारले सशस्त्र द्वन्द्व तथा विभिन्न आन्दोलनमा घाइते भई अपांग जीवन बिताइरहेकाहरुलाई पुनःस्थापना र हेरचाहसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ भने वाग्मती नदी तटीय क्षेत्र सुधार आयोजना दोस्रो चरणका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण सहयोग लिने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले क्यासिनो सञ्चालन सम्बधी नियमावलीको चौथौ संशोधन , केन्द्रीय बालकल्याण समिति र जिल्ला बालकल्याण समितिको चल–अचल सम्पत्ति, दायित्व र कर्मचारी राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय बालअधिकार समितिमा हस्तान्तरण गर्ने निर्णय सहित प्राविधिक महासेनानी सूर्यराज शर्मालाई प्राविधिक सहायक रथी दर्जामा र ३ जना महासेनानीको पदोन्नति सहित १६ जना रथीको सरुवा गरी पदस्थापन गर्ने निर्णय सकारका प्रवक्ता समेत रहेका सूचनासमन्धी  बाँस्कोटाले जानकारी दिनु भएको छ ।