बिहिबार, बैशाख १३, २०८१

मेट्रो ट्राफिक एफएमको सातौं वार्षिकोत्सव सम्पन्न

काठमाडौ साउन ८, ०६९ साल श्रावण ८ गते उक्त एफएमको स्थापना मेट्रो ट्राफिक एफएमको सातौं वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन् एक कार्यक्रमकावीच सम्पन्न उक्त कार्यक्रममा वोल्दै  प्रना महानिरीक्षक क्षेत्रीले सूचना प्रवाह महत्वपूर्ण र चुनौतिको विषय रहेको बताउँदै नागरिकहरुमा प्रहरी प्रति सकारात्मक धारणा बनाउन संचार माध्यमले उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो ।

सडक व्यवस्थापनमा लाग्ने सबै निकायहरुलाई समन्वय गरी एफएमका कार्यक्रम मार्फत नागरिकलाई सुरक्षित सडक यात्रामा सहयोग पुर्‍याउन आग्रह गर्नुभएको छ । त्यस अवसरमा उहाँले एफएमका विज्ञापनदाता संस्था तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई कदरपत्र एवं प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र रेडियो नेपालका उपनिर्देशक टिका भण्डारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्त लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।