बिहिबार, बैशाख १३, २०८१

मिडिया विधेयक पत्रकारहरुको हकहित विपरित भए फेरि आन्दोलन: अध्यक्ष आचार्य

भक्तपुर साउन ४ \ रामचन्द्र प्रजापति , नेपाल पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयकको विरुद्धमा आन्दोलन निरन्तर जारी रहेको बताउँदै सरकारले विधेयकको सवालमा गरेको प्रतिवद्धाको विश्वासमा आन्दोलन स्थगन मात्र गरेको हो , यदि विधेयक पत्रकारहरुको हकहित विपरित भए   फेरि आन्दोलन गर्ने बताउनु भएको छ । महासंघ भक्तपुरको आयोजनामा धुलिखेलमा सम्पन्न संघीयता प्रवलीकरण दिगो विकास र संचार बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले सरकार र जनतावीचको सम्बन्ध जोड्ने माध्यम नै संचार रहेकोले सघीयताको प्रवलीकरण दिगो विकासमा संचारको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।

 त्यस्तै  अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल,  जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल,चागुनारायण नपाका मेयर सोम मिश्र सुर्यविनायक नपाका उपमेयर जुना वस्नेत ,वसन्तराज गौतम ,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी उपाध्यक्ष कविता थापा सचिव कृष्ण नेपाल लगायतले सघीयताको प्रवलीकरण दिगो विकास र संचार विषयमा सरकार र संचार माध्यमले आफ्नो महत्वपूर्ण भुमिका रहेको बताउनु भयो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।