शनिबार, बैशाख ८, २०८१

मिडिया काउन्सिल विधेयक विरुद्ध आन्दोलित महासङ्घको आन्दोलन तत्काललाइ स्थगन

 नेकपाका नेता र महासङ्घका पदाधिकारीबीच विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने सहमति,लालटिन जुलुस लगायतका आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौं असार २४ , संघीय संसद्को राष्ट्रियसभामा २०७६ वैशाख २७ गते सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयकसहित समग्र सञ्चारसम्बन्धी विधेयक विरुद्ध गर्दैै आएको आन्दोलनको कार्यक्रम तत्काललाइ  स्थगन गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता र महासङ्घका पदाधिकारीबीच आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा  भएको संवादको क्रममा मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने सहमति भएसंगै जारी तेस्रो चरण अन्र्तगत बुधवार गर्ने भनिएको लालटिन जुलुस लगायतका आन्दोलनका कार्यक्रम स्थगन गरिएको हो

आज भएको छलफलमा नेकपाका नेता सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सांसद योगेश भट्टराईसमेतको उपस्थितिमा संसदीय दलका तर्फबाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसद्मा दर्ता भएको मिडिया काउन्सिल स्वायत्तता, गठन प्रक्रिया, दण्ड–जरिवाना लगायतका सरोकारहरुलाई सम्वोधन गर्ने तथा सञ्चासम्बन्धी अन्य विधेयकहरुमा पनि महासंघसँग छलफल गरी महासङ्घले उठाउँदै आएको मुद्धा अनुरुप काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्डजरिवानालगायत सरोकारलाई सम्वोधन गर्ने प्रतिबद्धता सहित विधेयकलाइ अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त गर्दै विधेयकमा संशोधन गर्ने प्रतिबद्धता नेताहरुले जनाएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको हो ।

त्यस्तै विज्ञप्तिमा महासंघले सरकारले दर्ता गरेको विधेयकका सन्दर्भमा सरकारको नेतृत्व गरिरहेको पाटीको संसदीय दलकै तर्फबाट प्रतिबद्धता व्यक्त भएको सन्दर्भमा प्रस्तुत प्रतिबद्धताको स्वागत गर्दै कानून निर्माण गर्ने थलो जननिर्वाचित संसद्ले महाङ्घका सबै सरोकारहरुलाई सम्वोधन गर्ने विश्वास व्यक्त गर्दछ भनिएको छ। त्यस्तै महासङ्घले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक सङ्घर्षका बाँकी कार्यक्रमहरु स्थगन गरी सङ्घीय संसद्मा संशोधन प्रक्रियामार्फत महासङ्घले उठाएका विषयवस्तुलाई सम्बोधन गराउन छलफल, संवादजस्ता गतिविधिमार्फत दबाब सिर्जना गरिने उल्लेख गरिएको छ ।

साथै महासंघको आन्दोलनमा साथ, समर्थन र ऐक्यवद्धता जनाउनुहुने आम पत्रकार साथीहरु, सञ्चारसम्वद्ध सबै संघसंगठनहरु, सम्पादक, पेशाकर्मी, अधिकारकर्मी, प्रेस स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि महासंघको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।