शनिबार, बैशाख ८, २०८१

मालपोतका पूर्व नास’ श्रेष्ठले यसकारण गरे आत्महत्या

काठमाडौं साउन १२,   मालपोत कार्यालय पूर्व नासु ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठले आज दिउँसो बालाजुको माछापोखरीस्थित माछापोखरी सपिङ सेन्टरको ८औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  यद्यपी उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान शुरु भएको जनाउ दिदै प्रहरीले तत्काल घटनाको कारण भने नखुलेको बताएका छन ।

तथापी हामीलाइ प्राप्त जानकारी अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा ब्यक्तिको नाममा सार्ने प्रकरणमा मुछिएसंगै छानविनको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका उनले बालाजुको माछापोखरीस्थित माछापोखरी सपिङ सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेको दावी गरेका  छन ।

त्यस्तै मालपोतका पूर्व नासु ५७ वर्षीय   श्रेष्ठले मालपोत कार्यालय डिल्लीबजारको नासु बहाल रहँदा कागजपत्र मिलाएर ललिता निवास लगायतका सरकारी जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको आरोप लागेको बुझिएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । श्रेष्ठ मालपोत कार्यालयबाट २०६० सालमा अवकाश भएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।