शुक्रबार, चैत्र १६, २०८०

म.प.को.आकस्मिक बैठक : बाढी पहिरो प्रभावितलाइ राहत सहित उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने

काठमाडौ असार २९, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरोबाट घाईते भएकाहरुको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय सहित बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले अपांग, अशक्त र पीडित परिवारलाई यथोचित सहयोगसहित व्यवस्था मिलाउने निर्णय गरेको हो । त्यस्तै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको सरकार प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले उद्धार र राहतमा रक्षा र गृह मन्त्रालयलगायतका निकायलाई परिचालन गर्ने निर्णय गर्दै जनप्रतिनिधिहरुलाई पनि सहयोग तथा समन्वय गर्न आग्रह गरेको उहाँँले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।