शनिबार, बैशाख ८, २०८१

मनसुन न्यूनचापीय रेखा पुन सक्रिय,आगामी ३ दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौ साउन ६,  जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी ३ दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने संभावना औल्याएका छन ।

मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेका जनाउादै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने संभावना रहेको बताउँदै बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको े जनाएको हो ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन कन्काई, कमला र बामतीमा पानीको प्रवाह बढी हुने र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने भएकाले मङ्गलबार र बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाउँदै सचेतना आवश्यक रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।