शुक्रबार, चैत्र १६, २०८०

भारतीय दवावमा नभइ प्राविधिक कमजोरीका कारण निर्णय स्थगन: मन्त्री यादव

????????????????????????????????????

तरकारी तथा फलफूलको विषादी परीक्षण प्रकरणमा आपूर्तिमन्त्री यादवले गरे सरकारको बचाउ ,सचिवले विभागीय मन्त्री र सरकारलाइ समेत गुमराहमा राखेको आरोप

काठमाडौ असार २३,  भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र प्रवेश दिने सवालमा भएको सरकारी निर्णय र पछि यहि निर्णय सरकारै तर्फबाट स्थगनको सवालमा भएको अर्को निर्णयका कारण सरकारको सर्वत्र आलोचना हुने क्रमले तिव्रता पाएसंगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारको बचाउ गर्ने प्रयास गरेका छन ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कर्मचारीको गलत सूचना दिएकै कारण सरकारले भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र प्रवेश दिने निर्णय लिएको तर प्रस्तुत कार्य सम्पादन गर्ने
मेकानिजम नभएकाले सरकारले प्रस्तुत निर्णय कार्यान्वयन गर्नुको अलावा स्थगन गरेको बताएका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री यादवले वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीतर्फ लक्षित  हुँदै  सचिवले विभागीय मन्त्री र सरकारलाइ समेत गुमराहमा राखेको आरोप समेत लगाउँन पछि परेनन ।

त्यस्तै उहाँले विषादी परीक्षण लागि पूर्वाधार सीमानाकामा भएपछि कार्यान्वयन गरिने बाउँदै भारतको दबाबमा सरकार आफ्नो निर्णयबाट पछि नहटेको जनाउ दिनु भएको छ । त्यस्तै पूर्वाधारको विकाससंगै सरकाले परीक्षण पछिमात्र भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूल मुलसकमा आयात गर्न दिइने समेत बताए । साथै अहिले प्राविधिक कमजोरीका कारण निर्णय स्थगन गरिएको हो । दवावका कारण पछि हट्ने काम नभएको उहाँको भनाइ रहेको थियो ।

त्यस्तै उहाँले हल्लाको भरमा र कर्मचारकाी गलत सूचनाको आधारमा विषादी परीक्षण गर्ने नाममा भारतबाट आपूर्ति हुने तरकारी सीमा नाकामा रोकिदा नाकाबन्दीको अवस्था सिर्जना हुनुको अलावा सरकारले तत्काल उपकरणको व्यवस्था मिलाउन नसकेका कारण वाध्य भएर परीक्षण कार्यलाइ स्थगित गर्ने निर्णय लिएको जनाउ दिनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।