मङ्लबार, बैशाख ४, २०८१

भक्तपुरमा रेडियो हिमालयन

भक्तपुर असार २१ /रामचन्द्र प्रजापति ,   हरेक पल फरक अनुभूति भन्ने नाराका साथ आज भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल जगातिमा ५०० वार्ट क्षमताको रेडियो हिमालयन ९९,७ मेगाहर्जको एफ एम शुभारम्भ गरिएको छ । ३ न प्रदेशका सभाका सदस्य डा. राजेन्द्रमान श्रेष्ठले एक औपचारिक कार्यक्रमकावीच रेडियो हिमालयन एवं सोको अनलाईन संस्करण रेडियो हिमालयन डट कमको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रमको शुभारम्भ सत्रमा वोल्दै प्रदेश सदस्य डा. श्रेष्ठले पछिल्लो समय सञ्चारजगतमा देखिएको यावत विकृतिलाइ न्यूनिकरण गर्दै  सूचना र खबर सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै रेडियोले विश्वभर देशको सकारात्मक सन्देशलाई प्रवाह गर्नुपर्ने बताउँनुभएको छ । एमएस ईन्टरप्राईजेज कम्पनीका अध्यक्ष सञ्चालन समितिका अध्यक्ष रवि खड्काले समयानुकुल जन चासोको ताजा अपडेट जनमानसमा प्रवाह गर्ने लक्ष्य सहित रेडियो हिमालयन सञ्चालनमा आएको बताए ।

त्यस्तै कार्यक्रममा ३ न प्रदेशका सदस्यद्दय प्रतिमा श्रेष्ठ, प्र सरस्वती बाटी, गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेल , जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल,  भक्तपुर महासङ्घका अध्यक्ष पुष्करराज बुढाथोकी, सञ्चालक सदस्य बाल मुकुन्द सुवाल ,चागुनारायण नपाका प्रमुख सोम मिश्र लगायतले वर्तमान समयमा रेडियो संचालन गर्नु आफैमा चुनौती रहेको बताउदै यो चुनौतीको सामना गर्दै रेडियोले आम श्रोताको मन जित्ने गरि अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।  प्रस्तुत रेडियोले समाचार बुलेटिन सहित बिहान ५ बजेदेखि राती ११ बजेसम्म १८ घण्टा नियमित प्रशारण गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।