शुक्रबार, बैशाख १४, २०८१

बालबालिकाको हकअधिकार सुनिश्चिताका लागि नेपाल सरकार प्रतिवद्ध : मन्त्री थापा

काठमाडौं असार २९, नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ आज एक कार्यक्रमकावीच प्रदान गरिएको छ ।  पुरस्कार वितरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले वालअधिकाकारको क्षेत्रमा कलम चलाउँदै बाल अधिकारको अवस्थालाइ समाचारको माध्यमबाट उजागर गर्दै आएको १० जना सञ्चाकर्मीहरु क्रमस उपत्यकाबाट प्रकाश सिलवाल र नागरिक दैनिकका हिमाल लम्साल र उपत्यका बाहिरबाट खगेन्द्र अधिकारी हुनुहुन्छ ।

त्यस्तै रेडियोतर्फ रामकुमारी खड्का र रुमा रिजाल टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम (नेपाल टेलिभिजन र कोपिला पोखरेल बुद्ध आवाज टेलिभिजन, (कपिलवस्तु), जनता टेलिभिजनबाट धनमाया भुसाल नवलपरासी (संयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) र कान्तिपुर एफएमका शर्मिला खनाल र सामुदायीक रेडियो प्रसारक संघ नेपाल र समितिको सहकार्यमावितरण गरिएको पुरस्कारबाट रेडियो बाजुरालाइ पुरस्कृत गनुृ भएको छ ।

पुरस्कार वितरण पछि मन्त्रीथापाले बालबालिकाको हकअधिकार सुनिश्चिताका लागि बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, संविधान र कानूनहरुको पालना नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै यसका लागि सञ्चार क्षेत्रले खेलेको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउँनु भएको छ । सञ्चारका् क्षेत्रबाट बालबालिकाका मुद्दाहरु उजागर होस भन्ने कामना गर्दै यस किसिमको पुरस्कार प्रदान गरिएको बताउँनु भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई सामाजिक विषयमा लेख्नलाई प्रोत्साहितगर्ने उद्देश्यले महासंघले यस्ता पुरस्कारहरु वितरण गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै कार्यक्रममा सामुदायीक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुभाष खतिवडा  महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवचन्द्र कुमार घिमिरेले लगायतले वोल्नु भएको थियो भने पुरस्कृत पत्रकारकातर्फबाट खगेन्द्र अधिकारी र बालकार्यक्रम प्रस्तोतातर्फ पुरस्कृत शोभिता रिसालले प्राप्त पुरस्कारले आगामी दिनमा पनि बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्न थप उर्जा मिलेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।