शुक्रबार, चैत्र १६, २०८०

बाढी, पहिरो र डुवानमा परेर मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौ असार २९, अविरल वर्षासँगै देशको विभिन्न भागमा  आएको बाढी, पहिरो र डुवानमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । यसमध्ये प्रहरीले काठमाडौं उपत्यकामा मात्र ८ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ भने मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ । त्यसैगरी प्रदेश ३ मा १२ जनाको मृत्यु भएको छभने प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा १/१ गरी जम्मा दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको प्रहरीले जनाउँदै हाल सम्म बाढी, पहिरो र डुवानमा परेर ३५ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं  १ मा आठ, प्रदेश नं ३ मा १२ जना रहेका छन् ।

सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं  १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं ३ बाट ७१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।