बिहिबार, बैशाख १३, २०८१

बाढी, पहिरो र डुवानका कारण भएको जनधनको क्षतिप्रति पूर्व श्री ५ ज्ञानेन्द्रबाट दु:ख व्यक्त

काठमाडौं असार २९,  अविरल वर्षासँगै देशको विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानमा परेर राजधानी लगायत देशका बिभिन्न भूभागमा भएको जनधनको क्षतिप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहले दु :ख व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्दै प्रभावित क्षेमा राहत तथा उद्धार, कार्यलाइ प्रभावकारी बनाउँन सवैमा हार्दिक आव्हान गर्नु भएको छ ।

त्यस्तै  उहाँले प्राकृतिक विपदको यो घडीमा शोक संन्तप्त पिडित सबै प्रति समवेदना र सहानुभूति राख्दै बिपद ब्यबस्थापनको प्रभावकारी कदम सहित थप जनधनको क्षति हुनबाट बचाउँन कतिपनि विलम्व गर्न नहुँनेमा जोड दिनु भएको उहाँका सहयोगी डा.फणिराज पाठकले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।