बुधबार, बैशाख १२, २०८१

बाढी पहिरोको कहर: ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौ असार ३१,  मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै ३२ बेपत्ता र ४० जना घाइते भएको जनाएको छ ।

यसैवीच गृह मन्त्रालयले बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएको यसमध्ये ३ हजार ३६६ जनाको उद्धार गरिएको जानकारी दिएको छ । त्यस्तै मन्त्रालयले अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको जनाउँदै यसको लागि तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति परिचालित भएको जानकारी दिएका छन ।

त्यस्तै मन्त्रालयले तीनै तहका सरकारले राहत वितरण कार्यलाई तीव्रता दिएका छन् । त्रिपाल, खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले राहत वितरण गरिरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।