बिहिबार, बैशाख १३, २०८१

बजेटमा सुशासनका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण: अध्यक्ष दाहाल

काठमाडौं असार २४,  बजेटमा सुशासनका लागि नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

सामुदायिक सारथीको आयोजनामा भएको प्रस्तुत छलफलमा नागरिक समाजका प्रतिनिधि विच फिडम फोरमका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले अन्तराष्ट्रिय मान्यता र नेपालको सविधान बमोजिम बजेटका अन्र्तवस्तुका सवालमा महत्वपूर्ण प्रस्तुति सहित प्रि बजेटका विषय, नागरिकले बुझने सरल भाषामा नागरिक बजेट ल्याउनु दबाब मुलक कार्यक्रम गर्नु पर्ने, महालेखा नियन्त्रण कार्यालय र सार्वजनिक लेखासमितिले औल्याएको सुझाब कार्यान्वयन गर्नका लागि नागरिक समाजले खेल्नुपर्ने भुमिकाका विषयमा प्रकाश पार्नु भएको थियो ।

त्यस्तै उहाँले कार्यसम्पादन लेखापरिक्षण प्रक्रियामा नागरिक सहभागिता सुनिश्चित गर्न पहल गर्नु पर्ने, शिक्षा, स्वास्थ्य जस्ता सेवाका क्षेत्रमा केन्द्रले कति बजेट छुटयायो, विभागले कति पठायो, स्थानीय सरकारले कति पायो र कति विद्यालयमा गयो भन्नेबारेमा सार्वजनिक खर्चको लेखाजोखा गर्ने अभ्यासलाई अगाडी बढाउनु पर्ने, राजस्व परामर्श समितिले कर निर्धारण गर्दा नागरिकसग छलफल नै नगरी घोषणा गर्ने प्रवृत्तिको अन्तका लागि नागरिक समाजको तर्फबाट पहलकद्मी आवश्यक भएको बताउँनु भएको छ ।

छलफलमा सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारी, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, नेपाल अपाङ्ग समाजका अध्यक्ष तेज कुमारी तिवारी, सोच नेपाल उत्तम निरौला, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव श्रीजन झा, नेपाल पत्रकार मञ्चका कोषाध्यक्ष यज्ञ बहादुर ढकाल, महिला एकता समाजका भगवती शर्मा, मानव अधिकार तथा सञ्चार प्रतिष्ठानका अध्यक्ष मिना शर्मा र लायन्स क्लब अफ नेपाल जर्नलिष्टका तर्फबाट योगेन्द्र प्रताप शाही लगायतको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।