बिहिबार, बैशाख १३, २०८१

प्रहरी जवानत्रय घुस रकम सहित पक्राउ

काठमाडौ असार २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने भन्दै सेवा ग्राहीसंग एक लाख घुस लिने महानगरीय ट्राफिक प्रहरीवृत्त नयाँ बसपार्क नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानत्रय घुसलिएको रकम सहित पक्राउ गरेको छ ।

आयोगका अनुसार देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको जनाउँदै उनीहरुलाई टोखा नगरपालिका– १० बाट शुक्रबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गर्दै प्रस्तुत प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।