शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली रअ’का प्रमुखवीच भएको भेटघाटको पुष्टि गर्न सरकारका प्रवक्ता बाँस्कोटाको चुनौती

काठमाडौं साउन ९, साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको विभिन्न २० बुँदे निर्णय सार्वजनिक आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट नगरेको सरकारले दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुखसँग काठमाडौमा भेटघाट गरेको भन्ने केवल हल्ला भएको जिकिर गर्दै यसलाई पुष्टि गर्न सन्चारमाध्यमलाई चुनौती समेत दिएका छन ।

साथै उहाँले आफ्नो प्रस्तुत अभिव्यक्ति संगै अ प्रमुखसँग भेट्न नमिल्ने भने होइन भन्दै ठूला मिडिया कुइरीमन्डलको खेती गरको समेत बताए । साथै उहाँले नेताहरुलाई ‘रअ’का प्रमुखले भेटेको भएपनि कूटनीतिक मर्यादाअनुसार भेटेको भए राम्रो हुने भन्न समेत पछि परेनन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।