मङ्लबार, बैशाख ११, २०८१

प्रम ओलीलाइ- गगनको प्रश्न तपाईंको घुँडामा भ्वाङ कत्रो परेको छ ?

काठमाडौं असार २२,  प्रतिनिधीसभाको आजको बैठकमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारको निर्णयको विरोध गर्दै कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई भारतसामु कतिन्जेल घुँडा टेक्ने भन्दै बडो मार्मिक प्रश्न गर्नु भएको छ ।

विवादास्पद निर्णको पुलिन्दामा उभिएको सरकारले लामो समयपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने सवालमा गरेको निर्णयलाइ जनमुखी निर्णयको रुपमा आफुले सरकारात्मक रुपमा ग्रहण गर्दैगर्दा सरकार भने आफुले गरेको आफ्नो निर्णयमा र अडिग हुन नसक्नु विडम्वना भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले आफ्नो धारणा राख्ने क्रममा प्रम केपी ओली लक्षितहुँदै भने- अव प्रमलाइ यतिमात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिसकिएकै हो, घुँडामा भ्वाङ कत्रो परेको छ ? बताइदिनु हुन्छ कि ? भन्ने प्रश्न गर्दै सरकारको पछिल्लो रवैया आफ्ना नागरिकप्रति उत्तरदायि बन्ने भन्दा पनि लम्पसारवाद प्रदर्शन गर्ने रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।