शुक्रबार, बैशाख ७, २०८१

पुनःनिर्माणको क्रममा प्राविधिक खटिनुपूर्व बनाइएका घरलाइ पनि एकमुष्ट रु तीन लाख दिइने

काठमाडौ असार १८, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको मंगलवार बसेको बैठकले निजी आवास अनुदान कार्यविधि पारित गर्दै भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट रु ३ लाख उपलब्ध गराउने भएको छ । त्यस्तै बैठकले यसअघि निर्देशक समितिकोे बैठकको निर्णय अनुरुप द्रुत गतिमा अनुदान उपलब्ध गराउन प्रस्तुत कार्यविधि पारित गरेको जनाएको छ ।

परित कार्यविधिअनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनःनिर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित भएको अवस्थामा त्यस्ता घरका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने योजना कार्यान्वयन हुने जनाएको छ । साथै सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि समेत पारित कार्यविधिले शहरी क्षेत्रमा देखा परेको बहुस्वामित्वसम्बन्धी अन्योल अन्त्य भई शहरी पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन सहज बताउएको छ ।

त्यस्तै प्राधिकरणले हाल सम्म ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेको र चार लाख २३ हजार घर पुनःनिर्माण भइसकेको छ, दुई लाख ११ हजार घर पुनःनिर्माणको क्रममा रहेको आकंडा प्रस्तुत गर्दै प्राविधिक खटिनपूर्व १२ हजार घर बनेको तथ्याङ्क प्राधिकरणसंग रहेको र थप तथ्याङ्क आउने क्रममा रहेको जनाएको छ ।

यसैगरी बैठकले एककोठे घर निर्माणसम्बन्धी मापदण्ड अन्र्तगत एककोठे घरका हकमा छुट्टै भूकम्प प्रतिरोधी भान्साघर र कोठा, शौचालय तथा बरण्डा एवं पाली बनाएको भएमात्रै अनुदान किस्ता सिफारिस गर्ने र अन्तिम किस्ता सिफारिस भइसकेको भएमा सम्बन्धित स्थानीय तहले घर निर्माण सम्पन्न प्रमाणपत्र दिँदा सो कुराको एकिन गरेर मात्र दिने निर्णय पनि बैठकले गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु