बुधबार, बैशाख १२, २०८१

पशुपतिनाथको सहज दर्शनको व्यवस्था मिलाईएको कोषको जनाउ

काठमाडौं साउन १, साउन महीना शुरु भएसँगै हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा बढ्दो भक्तजनको भीडलाइ व्यवस्थित बनाउँन पशुपति क्षेत्र विकास कोषले   व्यवस्थापनका लागि आवश्यक पहलकदमी लिदै तयारी गरेको जनाएको छ ।

मन्दिरमा आएका भक्तजनले सहज रुपमा पशुपतिनाथको दर्शन गर्न सकोस भन्दै लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषले जनाएको छ ।  साउन महीना भगवान शिवको प्रिय महिना भएको र यस महिलामा शिवजीको सेवा गरे पूण्य प्राप्त हुनुको अलावा अटल सौभाग्य एवं पारिवारिक सुख र समृद्धिको कामना गर्दै व्रत बस्ने व्रतालुको अत्याधिक भिड लाग्ने गर्दछ ।

त्यस्तै यसपटक साउन ६, १३, २० र २७ गरी चार वटा सोमबार परेका कारण यसवीचमा त्यस्तो कुनै अप्रिय घटना समेत नहोस भन्दै विगतका वर्षमा जस्तै कोषले भिड व्यस्थापनको सवै पूर्वाधार तयार पारेको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।