शुक्रबार, बैशाख ७, २०८१

पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न माग

काठमाडौं साउन १५ ,  नेपाल पत्रकार महासङ्घले शुक्लागण्डकी नगरपालिका तनहुँकी उपप्रमुख सविता रसाइलीसीले पत्रकार सम्मेलनमार्फत पत्रकारमाथि गरेको दुव्र्यवहारको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज जारी विज्ञप्तिमा  गत साउन १० गते उपप्रमुख रसाइलीले नगरपालिकाको सभाकक्षमा ढुङ्गा गिटीका बारेमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारमाथि अभद्र तरिकाले उत्रिनुका साथै पत्रकारलाई लाञ्छना लगाउँदै दुव्र्यवहार गरेको उल्लेख गरिएको छ ।

त्यस्तै सोहि विज्ञप्तिमा महासङ्घले तेह्रथुमबाट प्रकाशित हाम्रो सवाल डटकमका सम्पादक अमृत बाँस्तोलालाई उक्त अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र, सङ्क्रान्ति तेह्रथुममा स्वास्थ्यकर्मी सन्तोषप्रसाद साहले साउन ३ गते फोनमार्फत उक्त समाचार हटाउन दबाब दिँदै धम्की दिएको घटनाप्रति आपत्ति जनाएको छ ।

समाचार प्रकाशन भएको विषयमा असहमति भए उजूरी गर्ने निकाय हुँदाहुँदै पत्रकारमाथि दुव्र्यवहार तथा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी घटनाका दोषीमाथि कारवाही गर्न माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु