शुक्रबार, बैशाख १४, २०८१

न्याय परिषद बैठक : क्षेत्राधिकार नाग्ने न्यायाधीशमाथि छानविन गर्न समिति गठन

काठमाडौ साउन १३,  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत ४ न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

क्षेत्राधिकार भन्दा वाहिर गएर मुद्दामा अन्तरिम आदेश जारी गर्ने काम भएको भन्दै परिषद्को बैठकले क्रमस उच्च अदालत पोखराका तीन न्यायाधीश क्रमस जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाही र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामा माथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको परिषदले जनाएको छ ।

साथै परिषदले क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा तीन न्यायाधीशलाई काजमा परिषद्का झिकाउने निर्णय गरेको समेत गरेको छ ।

यसैवीच परिषदको बैठले ललितपुर उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाललाई उच्च अदालत सुर्खेत, तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत ललितपुर र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुर सरुवा गरेका े छ भने ललितपुर उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई सैनिक अदालतको अध्यक्ष तोक्नका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदले जनाइको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।