बिहिबार, बैशाख १३, २०८१

नेतृत्वका लागि पार्टी प्रवक्ता श्रेष्ठ र रक्षामन्त्री पोखरेल आ-आफ्नै अडानमा ,नेतृत्वलाइ सकस

सत्तारुढदल नेकपा नेतृत्वमा गुटगट छलफल सहित स्कुल विभाग  आफ्नो पोल्टामा पार्ने  प्रयासमा

काठमाडौ साउन १२, सत्तारुढ दल नेकपाको पार्टी एकता प्रक्रिया अन्र्तगत स्कुल विभागको नेतृत्वका विषयमा सहमति बन्न नसक्दा पटकपटक नेताहरुवीच हुँदै आएको सचिवालय बैठक विना निष्कर्ष स्थगित हुँदै आएको छ । तर आज प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो वोलाइइएको बैठकले स्कुल विभागको नेतृत्वको सवालमा सिर्जना हुँदै आएको विवादको सम्बोधन गर्दै नेतृत्वको पहिचान गर्ने तयारी रहेको बताइएको छ ।

यसअघि पटक पटक यस विषयमा प्रम समेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएपनि सहमति बने बन्न सकेको थिएन ।  स्मरण रहोस पार्टी स्कुल विभागको नेतृत्वका लागि हाल रक्ष मन्त्री समेत रहेका ईश्वर पोखरेल र पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् ।  प्रम ओली पोखरेलको पक्षमा रहेका छन भने अध्यक्ष दाहाल श्रेष्ठलाइ जिम्मेवारी दिइनुपर्ने अडानमा रहेको बताईएको छ ।

यसैवीच सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार विभागीय प्रमसखको छनौठलगर्न नसकेको अवस्थामा सरकारको प्रभावकारिता समेत प्रभावित भएको निष्कर्ष सहित स्कुल विभागको जिम्मेवारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिन बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम सहित अध्यक्ष प्रचण्ड वीच    प्रचण्ड निवासमा गोप्य छलफल भएको    बताउँदै छलफलको सहमति अनुरुप आज बस्ने सचिवालय बैठकमा पार्टी प्रवक्ता रुेष्ठको पक्षमा नेतृत्वको नितिगत निर्णय हुने संभावना रहेको समाचार स्रोतको दावी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।