शनिबार, बैशाख ८, २०८१

नियमक निकायको गम्भीर छाडापन,फार्मेसी योग्यता लाइसेन्सको बढ्दो व्यापार

 औषधि पसलमा औपचारिक अध्ययन नभएका व्यक्तिको बर्चश्र्व

सामान्य विरामी देखि गम्भीर प्रकृतिको रोग निवारणका लागि प्रयोग हुने औषधि किन्न जाने क्रममा औषधिका विषयगत ज्ञान अर्थात फार्मेसीको कुनै औपचारिक अध्ययन नभएका र पसलमा बस्नका लागि बस्ने व्यापारिले कथम कदाचित गलत औषधि दिएको अवस्थामा हुँन सक्ने गम्भीर दुर्घटनाको जिम्मा लिने कसले?  आज नियमक नियकायको गम्भीर छाडापनका कारण निर्वाद सञ्चालनमा रहेका यस्ता औषधि पसलका कारण उपभोक्तातको सहि औषधि सेवन गर्न पाउँने आफ्नो मौलिक अधिकारमाथिनै गम्भीर प्रश्न खडा भएका छन ।

काठमाडौ साउन २,  मानव जीवन संग प्रत्यक्ष सरोकार राख्ने औषधिको विक्रि वितरणको लागि राजधानी लगायत मोफसलमा वग्रेल्ती खोलेका औषधि पसलमा औषधिको सामान्य ज्ञान समेत नभएका विक्रेताले अनुमानको भरमा औषधि वीक्री वितरण गर्ने प्रवृतिका कारण आज आम औषधिको उपभोक्ताले निर्धक्क औषधि सेवन गर्न  समेत एक पटक सोच्नु पर्ने अवस्था सिर्जना भएको छ ।

औषधि ऐनमा औषधिको विषयगत ज्ञान सहित औषधि र औषधि जन्य बस्तुको कारोवार गर्नु पर्ने उल्लेख छ तर नियमक निकायको नियमनको क्रममा प्रदर्शन गर्दै आएको छाडापनका कारण राजधानी देखि दुर दराजमा विषयत ज्ञान प्राप्त व्यक्तिको लाइसेन्सको आडमा खुलेका यस्ता औषधि पसलले उपभोक्ताको स्वास्थ्यमा माथि हदैसम्मको मात्र नभइ कानुनत वर्जित अपराध गर्दै आइरहेको अवस्था छ ।

सामान्य विरामी देखि गम्भीर प्रकृतिको रोग निवारणका लागि प्रयोग हुने औषधि किन्न जाने क्रममा औषधिका विषयगत ज्ञान अर्थात फार्मेसीको कुनै औपचारिक अध्ययन नभएका र पसलमा बस्नका लागि बस्ने व्यापारिले कथम कदाचित गलत औषधि दिएको अवस्थामा हुँन सक्ने गम्भीर दुर्घटनाको जिम्मा लिने कसले?  आज नियमक नियकायको गम्भीर छाडापनका कारण निर्वाद सञ्चालनमा रहेका यस्ता औषधि पसलका कारण उपभोक्ताको सहि औषधि सेवन गर्न पाउँने आफ्नो मौलिक अधिकारमाथिनै गम्भीर प्रश्न खडा भएका छन ।

औषधि जगतमा कुनै अध्ययन विना हुँदै आएको यस किसिमको व्यापारका कारण आम औषधिका उपभाक्ताको स्वास्थ्यमाथिको खेलवाडमात्र नभइ तमाम औषधि पसले आशंकाको घेरामा पर्ने क्रममा तिव्रता आएको छ । साथै औषधिको बिक्री वितरणको स्वीकृति दिने नियमक निकायमा दर्ताको क्रममा प्रस्तुत गरिने लाइसेन्स एक व्यक्तिको र पसलमा बस्ने व्यक्ति अर्को हुँदै गर्दा समेत नियमक निकाय मौन रहनु आफैमा आश्चर्यका विषय भएको छ ।

यहाँसम्मकी फार्मेसीको अध्ययन सहित योग्यतको लाइसेन्स प्राप्त गरेका व्यक्तिको लाइसेन्सको गलत ढंगमा व्यापार गर्दै दर्ता प्रयोजनका लागि प्रयोग गर्ने मात्र नभइ फार्मेसीको अध्ययन भएका व्यक्ति सरकारी वा अन्य कुनै निकायको जागीरमा र उनका परिवारीक सदस्य औषधि पसलमा बस्ने प्रवृति समेत पछिल्लो समय मौलाउँदै आएको अवस्था छ ।

कानुनत अवैध एवम् वर्जित प्रारुपमा औषधि जगतमा मौलाउँदै आएको यस किसिमका हरकतका कारण आज आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर प्रहार हुँदै आएको अवस्था एकातर्फ छ भने अर्को तर्फ खुद्रा औषधि व्यवसायीको छाता संगठन नेपाल औषधि व्यवसायि संघ समेत यसमा तै चुप मै चुपको अवस्थामा रहेको छ ।

औषधि पसल खोल्दा एनओसीको वाध्यकारी अवस्था सिर्जना गर्ने संघले आफना सदस्य भनाउँदा खुद्रा पसलेको कामकारवाहीमा अनुगमन त के आफ्ना सदस्य हो वा होइन भन्ने समेत भेउ समेत पाउँन सक्ने अवस्था नभएको सम्वद्ध स्रोतको दावी रहेका छ ।  तथापी नागरिको आशा र भरोसाको केन्द्र भनेको नियमक निकाय औषधि व्यवस्था विभागका हो ।

उपभोक्ताले नेपाल औषधि व्यवसायि संघ चिन्दैन त्यसका कारण यस्ता संघको वारेमा विषय प्रवेस गर्नु भन्दा पनि नियमक निकायको तर्फबाट अनुगमन र कारवाहीको अपेक्षा गर्नु स्वाभाविक रहन्छ । तर नियमक निकायनै नियमनको नाममा छाडापन प्रदर्शन गर्दै भुलभुलैयमा रहेको सम्वद्ध स्रोत दावी रहेको छ ।

नियमक निकाय नियमनको नाममा आर्थिक अपराधमा रुमलिदै  ……क्रमस

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।