शनिबार, बैशाख ८, २०८१

नागरिक जीवन माथि खेलवाड गर्ने सरकारको गैह्र जिम्मेवार कदमको काँग्रेसद्दारा भत्र्सना

राष्ट्रवादको नाममा सरकारले नालायकीपनको पराकाष्ठा प्रदर्शन गर्दै नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गरेको काँग्रेसको जनाउ

काठमाडौ असार २१, नेपाली काङ्ग्रेसले मुलुकमा आयात गरिने सागसब्जी र फलफूलको विषादी परीक्षण हुनुपर्नेमा जोड दिएको छ ।

नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको क्रियाकलाप जनविरोधी प्रवृत्तिको भएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षीदल कांग्रेसले नेपाल–भारत सिमाको भन्सार सागसब्जी र फलफूल लगायतमा मानवस्वास्थ्य प्रतिकुलका विषादी रहेको जनाउ दिदै विषादी परीक्षण गर्न आवश्यक रहेको सूचना सार्वजनिक गरे पनि अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिनु भनेको नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी मात्र नभएर राष्ट्रवादको नाममा नालायकीपनको पराकाष्ठा भएको उल्लेख गरिएको छ ।

त्यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ जारी विज्ञप्तिमा प्रस्तुत प्रसंगमा सरकारले पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्दै विषादीयुक्त तरकारी र फलफूल नेपाल प्रवेशमा कडा परीक्षण एवम नियन्त्रण गर्न माग गरिएको छ ।

त्यस्तै काठमाडौ सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने सरकारको दोहोरो चरित्र जनताप्रति अनुउत्तरदायिको प्रमाण भएको बताउँदै काँग्रेसले नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।