शुक्रबार, चैत्र १६, २०८०

नयाँ  प्रविधीसंगको साक्षात्कारका लागि राजधानीमा सौन्दर्यकर्मी प्रशिक्षण

  • सुनिला महर्जन

काठमाडौं असार २१, राष्ट्रिय सौन्दर्यकर्मी युनियनको ३ न .प्रदेश कमिटीले  आज राजधानीमा सौन्दर्यकर्मी श्रमिकको सरोकार सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने नारा सहित दक्षता अभिवृद्धि कार्यक्रम अन्र्तगत एकदिने सौन्दर्य प्रशिक्षण कार्यक्रमको आयोजना गरेका छ ।

प्रस्तुत प्रशिक्षण मुलत सौन्दर्यकर्मीहरुका लागि पछिल्लो समय विकास भएका प्रविधीसंग साक्षात्कार गराउँदै नयाँ आयामको पहिचान गराउँने लक्ष्य सहित आयोजना गरिएको जानकारी दिदै प्रदेश कमिटीका सचिव सुजना जोशीले यसअघि पनि यस्तै किसिमका दक्षता अभिवृद्धि कार्यक्रम चितवन,र हेटौडामा पनि सम्पन्न गरिसकेको  जानकारी दिदै   आजको कार्यक्रम भने संघीय राजधानी केन्द्रीत  रहेको    जानकारी दिइन ।

सौन्दर्य सामाग्रीको उत्पादक वेरिना कस्मेटिक कम्पनीको प्रायोजनमा भएको प्रस्तुत प्रशिक्षणमा राजधानी र मोफसलका २ सय ५० जना सौन्दर्यकर्मीकोको सहभागिता रहेको थियो । त्यस अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन विकासका लागि  विशेष योगदान दिने अग्रज सौन्दर्यकर्मीलाई सम्मान समेत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।